दफा २०१
मुलतबी राख्न सक्ने

(१) विभिन्न अदालतमा दायर भई विचाराधीन रहेका मुद्दाहरू मध्ये कुनै एक अदालतमा रहेको मुद्दाको किनारा नभई अर्कोअदालतमा रहेको मुद्दाको किनारा हुन नसक्ने वा गर्न नहुने भएमा, कुनै एउटा मुद्दाको किनारा गर्दा अर्कोमुद्दाको निर्णयमा तात्विक असर पर्ने कारण देखाई मुद्दाको कुनै पक्षले निवेदन दिएमा वा मुद्दाको कारबाही वासुनुवाईको सिलसिलामा कुनै मुद्दा मुलतबी राख्न आवश्यक देखिएमा अदालतले त्यसको कारण खृुलाई त्यस्तो मुद्दामुलतबी राख्ने आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै मुद्दा अदालतबाट मुलतवी राख्ने आदेश भएकोमा त्यसको जानकारी मुद्दाका पक्षहरू र अर्कोमुद्दा विचाराधीन रहेको अदालतलाई तुरुन्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जानकारी प्राप्त भएमा त्यस्तो मुद्दा रहेको अदालतले सो मुद्दा किनारा गरेपछि तीस दिनभित्रफैसलाको प्रतिलिपि सहित उपदफा (२) बमोजिम मुद्दा मुलतबी रहेको अदालतलाई जानकारी पठाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम मुद्दा किनारा गरेपछि अदालतले मुद्दाका पक्ष तारिखमा रहेको भए र मुद्दा मुलतबी रहेकोअदालतमा पन्ध्र दिनभित्रहाजिर हुन जानु भनी तारिख तोकी मुद्दा मुलतबी रहेको अदालतमा पठाउनु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विभिन्न अदालतमा विचाराधीन रहेका मुद्दाहरूमध्ये कुन मुद्दामुलतबी राख्ने भन्ने विषयमा अदालतहरू बीच फरक राय भएमा त्यस्तो विषयमा सम्बन्धित अदालतको पुनरावेदन सुन्नेअदालतमा तुरुन्त प्रतिवेदन गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम प्रतिवेदन परेकोमा पुनरावेदन सुन्ने अदालतले त्यस्तो विषयमा एक महिनाभित्र उपयुक्त आदेशगर्नेछ र त्यस्तो आदेश बमोजिम सम्बन्धित अदालतले मुद्दाको कारबाही गर्नेछ ।
(७) उपदफा (५) बमोजिम मुद्दा मुलतबी राख्ने विषयमा फरक फरक राय भएका अदालतहरूको पुनरावेदन सुन्ने अदालत भिन्नभिन्न भएमा त्यस्तो विषयमा सर्वाेच्च अदालतमा तत्काल प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम प्रतिवेदन परेकोमा सर्वाेच्च अदालतले त्यस्तो विषयमा तीन महिनाभित्र उपयुक्त आदेश गर्नेछ रत्यस्तो आदेश बमोजिम सम्बन्धित अदालतले मुद्दाको कारबाही गर्नेछ ।